विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु « Khabarhub

विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको पचरौता नगरपालिका-२ बिसनपुर बस्ने ५० वर्षीय सोयब अंसारीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौली बस्ने १८ वर्षीय प्रदिप लोधको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै घरमा विद्युतीय पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : १७ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित