इरानका छ विमानस्थलमा इजरायली आक्रमण « Khabarhub

इरानका छ विमानस्थलमा इजरायली आक्रमण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको दाबी गरेको छ । 

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सामाजिक सञ्जालमार्फत् आक्रमणको दाबी गरेको हो । आक्रमणका क्रममा १५ एयरक्राफ्ट नष्ट गरेको र रनवेमा क्षति पुगेको पनि बताएको छ ।

आईडीएफले उक्त आक्रमण पश्चिमी, पूर्वी र मध्ये इरानमा अवस्थित विमानस्थलहरूमा गरिएको हो । इजरायली सेनाले विमानस्थलको रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको बताएको छ ।

आक्रमणबाट इरानका एफ–१५ र एफ–५ फाइटर जेट, रिफ्युलिङ प्लेन र एएच–१ कोबरा अट्याक हेलिकप्टर क्षतिग्रस्त भएका आईडीएफको भनाइ छ।  

तर, इरानले भने आईडीएफको दाबीबारे कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : ४९ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत