म्याग्दीलाई हेपेको गुनासो गर्दै माओवादी सांसदले सभामुखकै अगाडि च्याते बजेट पुस्तिका « Khabarhub

म्याग्दीलाई हेपेको गुनासो गर्दै माओवादी सांसदले सभामुखकै अगाडि च्याते बजेट पुस्तिका


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका एकजना सांसदले रोष्ट्रममै बजेट पुस्तिका च्यातिदिएका छन् ।

माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालय बजेटमाथिको छलफलका क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातिदिएका हुन् ।

उनले म्याग्दीमा साढे तीन करोडका नयाँ योजना छानिएको पनि नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै बजेटमा राखिएको दाबी गरे ।

म्याग्दीका दुईवटै प्रदेशसभा क्षेत्रबाट माओवादीका नेताहरू प्रदेशसभा सदस्यका रुपमा छन् । प्रदेशसभा सदस्य जुग्जालीले दुई वर्षसम्म म्याग्दीलाई अन्याय गरिएको गुनासो गरे ।

उनले आफ्नै खर्चमा भौतिकमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न पनि बोलाएका छन् ।

‘भौतिक मन्त्रीज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र हरि माननीयज्यू (हरि भण्डारी) को दुई करोड पनि फिर्ता लैजानुस्’, उनले भने, ‘दुई वर्ष म्याग्दीलाई अन्याय भएकाले यो बजेटको कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु ।’

उनी बजेटका नाममा आफ्नो जिल्लालाई अन्याय गरिएको भन्दै आपत्ति जनाए । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरूले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्रीज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन, च्यात्न चाहन्छु ।’

जुग्जालीले बजेटलाई लिएर सत्ता पक्ष पनि उकुसमुकुस रहेको बताए । ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु । पुस्तक च्यात्न चाहन्छु,’ उनले अगाडि भनेका छन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ४६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले