निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री « Khabarhub

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा विधेयक छिटै अघि बढ्ने बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले रोक्नुपर्ने कुनै कारण नभएको भन्दै छिटै अघि बढ्ने बताएका हुन् । 

कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक रोकिएको भन्ने कुरामा सत्यता नरहेको उनले बताए । उनले संसद्मा विरोध भइरहेको र आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट उक्त विधेयक हटाइएको स्पष्ट पारे ।  

मन्त्री गुप्ताले संसदीय समितिबाट पारित विधेयकको फुलस्टप र कमा समेत परिवर्तन नहुने जिकिर गरे ।

उनले विगत नौ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनतका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गर्दै सो विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ५८ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत