कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि « Khabarhub

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेनसिङ परीक्षणबाट ५ जनामा उक्त भेरियन्ट भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चन्द्र बल झाले जानकारी दिए ।

उनका अनुसार गत जेठ २२ गतेदेखि २९ गतेसम्म कोभिडको संक्रमण देखिएका १४ जनाको जिन सिक्वेन्सिङ परीक्षण गरिएको थियो ।

अहिले भेटिएको भेरियन्ट संक्रामक भएपनि धेरै घातक भने नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै पुष्टि गरिसकेको छ ।

नयाँ भेरियन्ट भेटिएपछि पहिले जस्तै आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्कहरूले बताएका छन् ।

इडीसीडीको तथ्यांक अनुसार नेपालमा २०८१ पुसदेखि हालसम्म १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : १५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल