‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’ « Khabarhub

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको सबैभन्दा ठूलो समूहको हैसियतबाट पछि धकेलिदिएको मत परिणामले सोमबार देखाएको छ ।

सन् १९५५ देखि लगातार देशको नेतृत्व गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को प्रमुख स्थानीय निर्वाचनमा यो निकै कम मतपरिणाम भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

अक्टोबरमा पदभार ग्रहण गरेका इशिबाका लागि सार्वजनिक समर्थनमा महिनौँदेखि व्यापक गिरावट आएको छ । उच्च मुद्रास्फितिको कारण गत वर्षको तुलनामा चामलको मूल्य दोब्बर भएको छ ।

आइतबार भएको मतदानमा एलडिपीले टोकियो विधानसभाका २१ सिट जितेको छ, जसमध्ये यसअघिका तीन सिट पार्टीसँग सम्बन्धित उम्मेदवारले जितेपनि राजनीतिक चन्दा प्रकरणपछि आधिकारिक रूपमा अनुमोदन गरिएको थिएन।

असाही शिम्बुन र अन्य स्थानीय सञ्चारमाध्यमका अनुसार यसले सन् २०१७ को तुलनामा पार्टीको २३ सिटको रेकर्ड तोडेको छ । टोकियोका गभर्नर युरिको कोइकेले स्थापना गरेको टोमिन फस्र्ट नो काईले १२७ सदस्यीय विधानसभामा आफ्नो सिट बढाएर ३१ पुर्‍याएको छ । 

एलडिपीको टोकियो शाखाका प्रमुख शिन्जी इनोउले मतदानपछिको सर्वेक्षणले पार्टीको सिट घट्दै गएको देखाएपछि आइतबार भनेका थिए, ‘यो निकै कठिन चुनाव थियो ।’

निर्वाचनलाई प्रभावित पार्न राज्यकोषबाट रकमको हिनाबिना गरिएको (फन्डिङ स्क्यान्डल) ले परिणामलाई ‘प्रभावित’ गरेको हुन सक्छ । 

इनोउले भने, ‘मुद्रास्फीतिलाई सम्बोधन गर्ने सरकारको नीति ‘मतदातासम्म’ राम्रोसँग पुर्‍याउन नसक्नु र विपक्षी दलले मुद्रास्फीतिलाई सम्बोधन गर्ने भनी गरेको व्यापक प्रचारप्रसारले एलडीपीले अपेक्षा गरेको मतपरिणामभन्दा विल्कुल फरक वातावरण देखिएको छ ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ४३ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले