अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गोरखा घर भई  काठमाडौं बस्ने २९ वर्षीय राजेश बराम रहेका छन् ।  उनीमाथि ४ जना पीडितहरूबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोप छ । 

उनलाई पीडितले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार सोह्रखुट्टेबाट पक्राउ गरेको हो । 

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : १९ बजे

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक