एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू) « Khabarhub

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यक्रम गरी उनीहरूको बिदाइ गरेको हो ।

नेपाली टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले जितको शुभकामना दिए । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले समूह विजेता बन्दै एसियन कपमा स्थान बनाउन शुभकामना दिए ।

एसियन छनोटमा नेपाल समूह एफमा छ। नेपाल रहेको समूहमा आयोजक उज्वेकिस्तानसहित लाओस र श्रीलंका छन्। यही असार ६ गते मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले प्रतियोगिताका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।

छनोटको पहिलो खेलमा नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दै एसियन कप छनोटको यात्रा सुरु गर्नेछ । दोस्रो खेलमा १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्बेकिस्तानविरुद्ध खेल्नेछ ।

समूह ‘एफ’को शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ ।

नेपाली टोली
गोलरक्षकः
अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डरः गिता राना, निसा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैसी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ४७ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको