श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगीदर ०.६ प्रतिशतमा सीमित « Khabarhub

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगीदर ०.६ प्रतिशतमा सीमित


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक) अनुसार मे २०२५ मा समग्र महँगी दर ०.६ प्रतिशत पुगेको छ।

यो दर अघिल्लो महिना अर्थात् अप्रिल २०२५ मा ०.८ प्रतिशत थियो। यो विवरण श्रीलंकाको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको हो।

प्रकाशित तथ्यांकअनुसार खाद्य वस्तुहरूको वार्षिक महँगी दर अप्रिलमा २।९ प्रतिशत थियो भने मे महिनामा बढेर ५.९ प्रतिशतमा पुगेको छ।

खाद्य बाहेकका वस्तु तथा सेवाहरूको महँगी दर भने मे महिनामा ३.४ प्रतिशत देखिएको छ, जुन अप्रिलमा ३.७ प्रतिशत थियो।

सन् २०२२ को सेप्टेम्बर महिनामा श्रीलंकामा गम्भीर आर्थिक सङ्कटका कारण महँगी दर ६९.८ प्रतिशतसम्म पुगेको थियो। त्यसयता महँगीमा क्रमिक रूपमा गिरावट आइरहेको देखिन्छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ८ : १७ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक