सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस | Khabarhub Khabarhub

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि सिफारिस गरेको छ । प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज यहाँ आयोजना भएको राष्ट्रिय कविता महोत्सव, २०८२ मा सहभागी कविहरुका कवितामध्ये मूल्याङ्कन समितिको सिफारिसका आधारमा १० कविता पुरस्कारका लागि छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार पुरस्कारका लागि सिफारिस हुनेमा सिराहाका अविनाश भट्टराईको ‘छुटिजानेहरुको नाममा’, मोरङका कर्ण सञ्जयको ‘पिताजी अहाँ के छलौ (मैथिली भाषा), मकवानपुरका किशन पौडेलको ‘पृथ्वीको क्रन्दन’, लमजुङका गोमा श्रेष्ठको ‘भालेको मौन बिद्रोह’ र नवलपरासीका चन्द्रमणि चापागाईँको ‘औजार’ शीर्षकका कविता छन् ।

साथै रुकुमपश्चिमका तुलसी केसीको ‘तिम्रो गाउँको शून्यता’, मकवानपुरका मिरमा (रमा सुवेदी)को ‘अचेल हरेक रात पहाड रुन्छ’, सुनसरीका शमूएल कोइराला विश्वकर्माको ‘नेपाल मेरो घर’, ललितपुरका सन्ध्या महर्जनको ‘हिउँ सः ले तनाच्वंगु मौन म्हगस (नेपाल भाषा) र चितवनका सिर्जन अविरलको ‘जीवनको महक’ शीर्षकको कविता पनि पुरस्कारका लागि सिफारिस गभएको प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ०८ बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको