इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण « Khabarhub

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हाे।

यस मामिलाबारे जानकारी राख्ने एक अधिकारीले पनि इरानले सो बेसमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको सिएनएनले लेखेको छ ।

गत सप्ताहान्तमा भएका आक्रमणहरूपछि इरानबाट अमेरिकी सैन्य संरचनाहरू लक्षित हुन सक्ने सम्भावनाको पूर्वानुमान गर्दै अमेरिकी अधिकारीहरू तयारी अवस्थामा रहेका थिए।

अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जसले क्षेत्रीय सुरक्षा तथा अमेरिकी सेनाको रणनीतिक तैनाथीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ । भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : ०४ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा