जापान र अमेरिकाले गरे ठूलो व्यापारिक सम्झौता « Khabarhub

जापान र अमेरिकाले गरे ठूलो व्यापारिक सम्झौता


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ठुलो व्यापारिक सम्झौता भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो अहिलेसम्मकै ठूलो सम्झौता भएको बताएका हुन्। सो सम्झौता अनुसार जापानबाट अमेरिका भित्रने सामानमा १५ प्रतिशत कर लाग्ने छ। यसैगरी जापानले अमेरिकामा ५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ ।

ट्रम्पले यो सहमतिले अमेरिकामा हजारौँ जनाका लागि नयाँ रोजगारी सिजर्ना हुने विश्वास व्यक्त गरेका छन्।

जापानले अमेरिकामा कार र धान निर्यात गर्ने गरेको छ । व्यापारिक सम्झौतापछि यो निर्यातको क्रम अझ बढी हुने अपेक्षा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो वार्ता एकदमै तनावको समयमा भएको हो। राष्ट्रपति ट्रम्पले अहिलेको सम्झौताले दुवै देशलाई लाभ मिल्ने बताउँदै जापान र अमेरिकाको सुमधुर सम्बन्ध अझ धेरै वर्ष रहने कुरामा आशावादी रहेको उल्लेख गरेका छन्।

गत वर्ष जापानबाट २९८ मिलियन अमेरिकी डलर बराबरको धान अमेरिका पुगेको थियो। यसै गरी जनवरीदेखि अप्रिलसम्ममा अमेरिकामा ११४ मिलियन अमेरिकी डलर बराबरको धान पुगेका छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : ३७ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।