जापान र अमेरिकाले गरे ठूलो व्यापारिक सम्झौता « Khabarhub

जापान र अमेरिकाले गरे ठूलो व्यापारिक सम्झौता


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ठुलो व्यापारिक सम्झौता भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो अहिलेसम्मकै ठूलो सम्झौता भएको बताएका हुन्। सो सम्झौता अनुसार जापानबाट अमेरिका भित्रने सामानमा १५ प्रतिशत कर लाग्ने छ। यसैगरी जापानले अमेरिकामा ५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ ।

ट्रम्पले यो सहमतिले अमेरिकामा हजारौँ जनाका लागि नयाँ रोजगारी सिजर्ना हुने विश्वास व्यक्त गरेका छन्।

जापानले अमेरिकामा कार र धान निर्यात गर्ने गरेको छ । व्यापारिक सम्झौतापछि यो निर्यातको क्रम अझ बढी हुने अपेक्षा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो वार्ता एकदमै तनावको समयमा भएको हो। राष्ट्रपति ट्रम्पले अहिलेको सम्झौताले दुवै देशलाई लाभ मिल्ने बताउँदै जापान र अमेरिकाको सुमधुर सम्बन्ध अझ धेरै वर्ष रहने कुरामा आशावादी रहेको उल्लेख गरेका छन्।

गत वर्ष जापानबाट २९८ मिलियन अमेरिकी डलर बराबरको धान अमेरिका पुगेको थियो। यसै गरी जनवरीदेखि अप्रिलसम्ममा अमेरिकामा ११४ मिलियन अमेरिकी डलर बराबरको धान पुगेका छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : ३७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म