पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन्  « Khabarhub

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोकेको छ ।

एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आवद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरित हुने समेत स्मरण गराएको छ ।

पार्टीको सोमबार र मङ्गलबार चलेको केन्द्रीय कमिटीको नवौँ बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

एमालेले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिरहँदा संविधानको भाग ६ का विभिन्न धाराहरू स्मरण गराएको छ ।

‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक, सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ’ संविधानलाई उदृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।

संविधानले यति गहन जिम्मेवारी दिएको व्यक्तिले फेरी राजनीतिमा फर्किएर दलको सदस्य हुने, नेता हुने विषय कल्पना गर्न नसकिने प्रमुख गौतमले बताए ।

मध्यरातमा पार्टी केन्द्रीय कार्यालयमा सकिएको बैठकले भण्डारीको राजनीतिक पुनरागमनलाई अस्वीकार गरेको हो ।

एमालेले जारी गरेको विज्ञप्तिमा आठवटा कारण देखाउदै राष्ट्रपतिलाई पार्टीमा फर्काउने विषयमा विराम लगाएको हो ।

‘मुलुकको राष्ट्रध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको  पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपतिकै भूमिकामा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : ३८ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती