एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापा « Khabarhub

एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयपछि एमाले नेता कर्णबहादुर थापाले पार्टीमा नयाँ सङ्कल्पका लागि आह्वान गरेका छन् ।

उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्पका लागि आह्वान गरेका हुन् ।

स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापाले स्वाभिमान र स्वतन्त्रताको लडाइँ  नयाँ शिराबाट लड्न पनि अपिल गरेका छन् ।

‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प  गरौँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ । हरेक विवेकशील एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन प्रयासरत थापालाई मङ्गलबार एमाले नेतृत्वले केन्द्रीय कमिटी बैठकमा बोल्न बन्देज गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म