माडर भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन « Khabarhub

माडर भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिरहा–  जिल्लाको प्रमुख भन्सार कार्यालय माडरले आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा उल्लेखनीय सफलता हात पारेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा दुई करोड ७० लाख ६९ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्दै कुल १४ करोड ८३ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेको हो ।

भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार आर्थिक वर्षको अधिकांश महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाइएको छ । मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भए पनि बाँकी सबै महिनामा लक्ष्य पार भएको बताउँदै उनले समग्रमा १२२ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए । 

गत चार वर्षको तुलनामा गत आवको राजस्व सङ्कलन सबैभन्दा बढी भएको प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ मा ११ करोड २१ लाख ९७ हजार, आव २०७९/८० मा नौ करोड ३६ लाख १० हजार र आव २०८०/८१ मा नौ करोड ४६ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्लान्ट क्वारेन्टाइन सेवा स्थापनामा ढिलाइ

माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको प्लान्ट क्वारेन्टाइन सेवा स्थापना भई कार्यान्वयन हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता औँल्याउँदै आए पनि प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र परेको हो ।

भन्सार प्रमुख सापकोटाका अनुसार माडरमा क्वारेन्टाइन सेवा सुरु भएमा यसले माडर, ठाडी र राजविराजका भन्सार कार्यालयलाई सेवा दिइनेछ । 

‘यी नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रिया सहज बनाउनेछ’, उनले भने । प्लान्ट क्वारेन्टाइन सेवा सुरु भएमा कृषिजन्य वस्तुको आयात निर्यात सजिलो हुने, ढुवानी खर्च घट्ने, उपभोक्ता मूल्यमा स्थिरता आउने र राजस्व असुलीमा दोब्बर वृद्धि हुने विश्वास व्यक्त गरे ।  

हाल कृषिजन्य वस्तु आयात निर्यात गर्नेलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म जानुपर्ने बाध्यता छ । यसले अतिरिक्त ढुवानी खर्चमात्र होइन, उपभोक्तालाई पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था सृजना भएको व्यवसायीहरूको गुनासो छ ।

माडर भन्सार कार्यालयले देखाएको राजस्व सङ्कलनको प्रगति र सम्भावित सेवा विस्तारको तयारीले आगामी वर्षहरूमा अझ उल्लेखनीय सुधारको सङ्केत गरेको छ । यथाशीघ्र प्लान्ट क्वारेन्टाइन सेवा सुरु गर्न सम्बन्धित निकायले गम्भीरता देखाउनुपर्ने माग व्यवसायी र भन्सार प्रशासन दुवैबाट उठ्न थालेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५३ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि