माडर भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन « Khabarhub

माडर भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिरहा–  जिल्लाको प्रमुख भन्सार कार्यालय माडरले आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा उल्लेखनीय सफलता हात पारेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा दुई करोड ७० लाख ६९ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्दै कुल १४ करोड ८३ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेको हो ।

भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार आर्थिक वर्षको अधिकांश महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाइएको छ । मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भए पनि बाँकी सबै महिनामा लक्ष्य पार भएको बताउँदै उनले समग्रमा १२२ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए । 

गत चार वर्षको तुलनामा गत आवको राजस्व सङ्कलन सबैभन्दा बढी भएको प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ मा ११ करोड २१ लाख ९७ हजार, आव २०७९/८० मा नौ करोड ३६ लाख १० हजार र आव २०८०/८१ मा नौ करोड ४६ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्लान्ट क्वारेन्टाइन सेवा स्थापनामा ढिलाइ

माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको प्लान्ट क्वारेन्टाइन सेवा स्थापना भई कार्यान्वयन हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता औँल्याउँदै आए पनि प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र परेको हो ।

भन्सार प्रमुख सापकोटाका अनुसार माडरमा क्वारेन्टाइन सेवा सुरु भएमा यसले माडर, ठाडी र राजविराजका भन्सार कार्यालयलाई सेवा दिइनेछ । 

‘यी नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रिया सहज बनाउनेछ’, उनले भने । प्लान्ट क्वारेन्टाइन सेवा सुरु भएमा कृषिजन्य वस्तुको आयात निर्यात सजिलो हुने, ढुवानी खर्च घट्ने, उपभोक्ता मूल्यमा स्थिरता आउने र राजस्व असुलीमा दोब्बर वृद्धि हुने विश्वास व्यक्त गरे ।  

हाल कृषिजन्य वस्तु आयात निर्यात गर्नेलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म जानुपर्ने बाध्यता छ । यसले अतिरिक्त ढुवानी खर्चमात्र होइन, उपभोक्तालाई पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था सृजना भएको व्यवसायीहरूको गुनासो छ ।

माडर भन्सार कार्यालयले देखाएको राजस्व सङ्कलनको प्रगति र सम्भावित सेवा विस्तारको तयारीले आगामी वर्षहरूमा अझ उल्लेखनीय सुधारको सङ्केत गरेको छ । यथाशीघ्र प्लान्ट क्वारेन्टाइन सेवा सुरु गर्न सम्बन्धित निकायले गम्भीरता देखाउनुपर्ने माग व्यवसायी र भन्सार प्रशासन दुवैबाट उठ्न थालेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५३ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन