माधव नेपालले भने- कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त हुँदैन « Khabarhub

माधव नेपालले भने- कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त हुँदैन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राखेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा बुधबार कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उनले बताए । 

पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गरेको उल्लेख गर्दै उनले आफूले पनि नेकपा (एमाले)को नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिए ।  

‘त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए’, उनले भने, ‘त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझ्नुभएको थियो । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।’ 

पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवाद हाबी भएको बताए ।

पार्टीका नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका सबै उपलब्धि पुष्पलालको योगदानको जगमा भएको बताए । आफूले कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा काम गर्नका लागि एकीकृत समाजवादीसँग एकता गरेको बताउँदै आफूलाई समयसापेक्ष काम दिन पार्टी नेतृत्वलाई आग्रह गरे ।
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५८ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।