विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’ | Khabarhub Khabarhub

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। 

गाउँपालिकाले तीन वर्षे सिभिल इञ्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ विद्यार्थीलाई  अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको हो ।

गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थी आर्थिक अभावमा प्राविधिक शिक्षा पढ्नबाट वञ्चित नबनुन् भनेर शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।

यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो ।

‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’, उनले भने, ‘आर्थिक अभावमा विद्यार्थी गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहुन् भनेर विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा प्रदान गर्दै छौँ । यहीँ नै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ०२ बजे

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क