जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु, आमाछोरी बिरामी  « Khabarhub

जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु, आमाछोरी बिरामी 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। ​

भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन बिक र ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलबार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।   

बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : २४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली