घुस प्रकरण : राजकुमार गुप्तापछि रञ्जिता श्रेष्ठले पनि अख्तियार पुगेर दिइन् बयान « Khabarhub

घुस प्रकरण : राजकुमार गुप्तापछि रञ्जिता श्रेष्ठले पनि अख्तियार पुगेर दिइन् बयान


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छन् ।

उनले बुधबार बिहान अख्तियार पुगेर उक्त घुस प्रकरणमा बयान दिएकी हुन् । उक्त घुस प्रकरणमा बिचौलियामा भनिएका एमालेका कार्यकर्ता सुजन लामा र निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबीचको लेनदेनमा जोडिएकी श्रेष्ठले अख्तियारमा पुगेर बयान दिएकी हुन् ।

उनले घुस लेनदेन र कारोबारका लागि संवाद गरेको म्यासेज पनि अहिले भाइरल भइरहेको छ। अख्तियारमा पुगेर उनले भ्वाइस टेस्ट गराउनुका साथै उक्त प्रकरणमा जोडिएका बिषयामा बयान दिएर निस्किएकी छन् ।

७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री गुप्ताले राजीनामा दिएका थिए । गुप्ताले मंगलबार मात्रै अख्तियार पुगेर ‘भ्वाइस टेस्ट’ र आवश्यक बयान दिइसकेका छन् ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार बोलाएको थियो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भए भने श्रेष्ठ बुधबार बिहान हाजिर भएकी हुन् ।

गुप्ता एमाले केन्द्रीय सदस्यसमेत हुन् र उनी जारी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी थिए ।  

भूमिसुधार तथा मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पद गुमाएका थिए । त्यसै प्रकरणमा बिचौलियाको भूमिकामा पूर्व भूमि व्यवस्था मन्त्रीसमेत रहेकी रञ्जिता देखिएकी थिइन् ।

गुप्ताले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन्। अडियो पनि आफ्नो नभएको जिकिर उनले गरिरहँदा अख्तियारले झिकाएको हो । उनले घुस बार्गेनिङ गरेपछि पैसाको झोला नै सरकारी निवासमा छाडेर गएको स्वीकारेका थिए । यसबारे उजुरी परेपछि अख्तियारले छानविन अघि बढाएको हो । अख्तियारको अनुसन्धानमा बिचौलिया सुजन र गुप्ताकै अडियो भएको पुष्टि भइसकेको छ ।

पूर्वमन्त्री गुप्ताले घुस डिल गरेकोबारे अडियोसहित उजुरी परेकाले भ्वाइस टेस्ट गरेर अनुसन्धान अघि बढाइसकेको छ । अख्तियारले जनाएको छ । यस प्रकरणमा ३२ लाख घुस डिल गरेको दाबीसहितको अडियो भूमि व्यवस्था मन्त्री बलराम अधिकारीकोसमेत बाहिरिएको थियो । तर उनीमाथि भने कुनै छानबिन भएको छैन।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : १० बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला