यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । 

बुधबार साउन ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नायब महान्यायाधिवक्ता घिमिरेले साउन २ देखि लागु हुने गरी पेस गरेको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले विश्व बैँकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैँकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ भने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन सम्बन्धी हस्तान्तरण पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता गुरुङले जानकारी दिए । 

बैठकले साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई स्वीकृति प्रदान गरेको उनले बताए । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : २८ बजे

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित