यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । 

बुधबार साउन ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नायब महान्यायाधिवक्ता घिमिरेले साउन २ देखि लागु हुने गरी पेस गरेको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले विश्व बैँकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैँकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ भने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन सम्बन्धी हस्तान्तरण पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता गुरुङले जानकारी दिए । 

बैठकले साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई स्वीकृति प्रदान गरेको उनले बताए । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : २८ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज