चुरे संरक्षणका लागि दोहन रोकौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

चुरे संरक्षणका लागि दोहन रोकौँ : उपप्रधानमन्त्री सिंह


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताएका छन्।

बुधबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण रहेकाले चुरे संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले मधेशमा देखिएको पानीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। मन्त्रिपरिषद् बैठकले मधेशमा देखिएको पानीको समस्या समाधानका बारेमा केही ठोस् निर्णय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। 

उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताउँदै भने, ‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टीभित्रका कमीकमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले कसैलाई राम्रो गर्दैन ।’ 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीको सङ्गठन सुदृढीकरणमा सबैले सहकार्य र समन्वय गरी लाग्नुपर्नेमा जोड दिए । कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने खतरा रहेको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पार्टी बलियो बनाउनुपर्ने बताए।

कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरूले इतिहासमै यसपटक सहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिएका थिए । उपप्रधानमन्त्री सिंहले आजै धनुषामा सहरी विकास मन्त्रालयले निर्माण गरेको सीता पुष्प वाटिका (रामसीता विवाह मण्डप) र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको समुद्घाटन गर्नेछन् ।
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ३५ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय