दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि | Khabarhub Khabarhub

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि हासिल गरेको तथ्यांक निकायका अधिकारीले बुधबार बताएका छन् ।

यो देश विश्वको सबैभन्दा लामो जीवन प्रत्याशा र सबैभन्दा कम जन्म दर भएको मुलकमध्ये एक हो ।  यो संयोजनले बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गरेको छ । 

सियोलले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिरता कायम गर्न अर्बौं डलर खर्च गरेको छ ।

‘जनवरीदेखि मे महिनासम्मको पाँच महिनाको अवधिमा दक्षिण कोरियामा जन्म भएका नवजात शिशुको सङ्ख्या एक लाख छ हजार ४८ रहेको छ । यो देशको अघिल्लो बषैको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि हो सन् १९८१ मा तथ्यांक संकंलन सुरु भएयताको सबैभन्दा उच्च वृद्धि दर हो,’ कोरियाली तथ्यांक कार्यालयका अधिकारी काङ ह्युन–योङले भने । 

दक्षिण कोरियाले एक दशकभन्दा बढी समयपछि पहिलो पटक शिशुको जन्मदर र सङ्ख्यामा वृद्धि भएको अनुभव गरेको हो । सन् २०२४ मा नवजात शिशुको सङ्ख्या अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० अर्थात् ३.६ प्रतिशतले बढेर दुई लाख ३८ हजार ३०० पुगेको छ ।

विशेषगरी अप्रिलमा, एक वर्षको अवधिमा सबैभन्दा बढी शिशुले जन्म लिएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.७ प्रतिशतले वृद्धि हो । अप्रिलमा जन्म भएका कूल शिशुको जन्म सङ्ख्या २० हजार ७१७ रहेको थियो ।

पछिल्लो आँकडाले सन् २०२४ को सुरुदेखि नै तीव्र परिवर्तनलाई सङ्केत गरेको छ । सन् २०२४ को जनवरी-मे अवधिमा जन्म सङ्ख्या अघिल्लो वर्षको तुलनामा २.७ प्रतिशतले घटेको थियो।

मे महिनामा प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या ०.७५ कायम भएको थियो । पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न २१ लाख बालबालिकाको प्रजनन दर आवश्यक पर्छ ।

सियाटलस्थित ‘युनिभर्सिटी अफ वासिङ्टनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दरमा सन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ४२ बजे

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती,

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल