शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’ « Khabarhub

शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर – पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले १२ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । 

गाउँपालिकाले तीनवर्षे सिभिल इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ जना विद्यार्थीलाई अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको उनको भनाइ छ । 

गाउँपालिकाभित्रका गरिब तथा जेहेन्ददार विद्यार्थी आर्थिक अभावमा प्राविधिक शिक्षा लिनबाट वञ्चित नबनून् भन्नका लागि शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा पढाउन लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यो वर्ष माध्यमिक शिक्षा परीक्षा(एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले अनुदानको व्यवस्था गरेको उनले बताए। 

‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’, अध्यक्ष राईले भने, ‘आर्थिक अभावमा विद्यार्थीहरू गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहुन भन्नका लागि १२ जना विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा प्रदान गर्दैछौँ । यहाँ आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ३३ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि