बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटमा बेलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

सुर्खेत लेकबेशी नगरपालिकाको गुमीबाट सुर्खेततर्फ आउँदै क.प्र.०२००१ च.०९४४ न.को बलेरो गाडीले रोकी राखेको भे.१ क. १३४७ नंं को मिनिट्रकबाट घाँस झार्दै गरेको ३५ वर्षीया प्रेमबहादुर बुढाको मृत्यु भएको हो । 

बुढालाई ठक्कर दिएर घाइते भई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेततर्फ उपचार लगेको उनको ११ः१० बजेको समयमा चिकित्सकले मृत्युको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।

त्यस्तै, ३३ वर्षीया तिलकुमारी बुढाको खुट्टामा चोट लागेको उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गाडी चालक सुर्खेत जिल्ला लेकवेशी नगरपापालिका–६ का २१ वर्षीया यामलाल सुनार र गाडी नियन्त्रणमा लिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ४३ बजे

अर्जुननरसिंह केसीले भने : कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस