सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघ आक्रोशित, फेरी आन्दोलन गर्ने चेतावनी  « Khabarhub

सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघ आक्रोशित, फेरी आन्दोलन गर्ने चेतावनी 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तीन मन्त्रीको सहभागितामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल चिकित्सक संघले आक्रोश व्यक्त गरेको छ। 

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा संघ र नेपाल सरकारबीच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयनमा नआएको उल्लेख गरिएको छ । 

सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिने भनिए पनि अझैसम्म ठोस प्रगति नभएको विज्ञप्तिमा जनाइएको छ । 

संघले कार्यदल पूर्ण रूपमा निष्क्रिय रहेको ठहर गर्दै, उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भएका सहमति समेत पालना नभएको अवस्थामा भविष्यमा ती अधिकारीहरूको मौखिक वा लिखित प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने स्पष्ट पारेको छ । विज्ञप्तिमा यस्तो प्रवृत्तिले सरकारको विश्वसनीयता गुम्ने खतरा औँल्याइएको छ ।

संघले सहमति तत्काल कार्यान्वयन गर्न सबै सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्दै, आफूहरूलाई पुनः आन्दोलनमा धकेलिएको खण्डमा यस पटकको आन्दोलन अझ सशक्त हुने चेतावनी दिएको छ । 

संघले उपभोक्ता अदालतले चिकित्सक र स्वास्थ्य संस्थामाथि जरिवानाको फैसला गरेको विषयमा विरोध जनाउँदै सो निर्णय खारेज गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ५३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको