अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती « Khabarhub

अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन् ।

शाहीले पूर्वसामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बहालवाला भूमि सुधार मन्त्री बलराम अधिकारीलाई तत्काल पक्राउ गरी छानबिन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत् शाहीले नैतिकताको प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई यस्तो कदम चाल्न आग्रह गरेका हुन्।

शाहीले भनेका छन्, ‘अलिकति मात्रै नैतिकता बचेको भए प्रधानमन्त्री ओलीले पूर्वसामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधारमन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर छानबिन गर्नुपर्छ ।’

उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालय नै त्यसमा संलग्न भएको पुष्टि हुने दाबी गरे।

यस घटनाले त्यस समयमा नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको थियो र सरकारको पारदर्शितामाथि गम्भीर प्रश्नहरू उठेका थिए।

यस अडियो प्रकरणले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको सरकारमाथि नै प्रश्नचिह्न खडा गरेको थियो।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ४१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ