गाजामा ‘ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी « Khabarhub

गाजामा ‘ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सम्भावित युद्धविराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष दूतको युरोप भ्रमणअघि गाजामा ‘ठूलो सङ्ख्यामा भोकमरी’ फैलिएको एकसय भन्दा बढी सहायता संस्थाहरूले बुधबार चेतावनी दिएका छन् ।

इजरायलले प्यालेस्टिनी क्षेत्रको मानवीय अवस्थालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । इजरायलमा हमासको आक्रमणबाट सुरु भएको लामो द्वन्द्वमा २० लाख भन्दा बढी मानिसहरूले खाद्यान्नलगायतका अतिआवश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् । 

संयुक्त राष्ट्रसङ्घले मे महिनाको अन्त्यमा अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनले काम सुरु गरेदेखि खाद्यान्न सहायता खोज्ने एक हजारभन्दा बढी प्यालेस्टिनीहरूको इजरायली सेनाले हत्या गरेको छ ।

डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) सेभ द चिल्ड्रेन र अक्सफाम लगायत १११ हस्ताक्षरकर्ताहरूले जारी गरेको सयुक्त विज्ञप्तिमा सहकर्मीहरू र सेवामा चुनौती खेपिरहेको जनाएका छन् ।

विज्ञप्तिमा तत्काल वार्ता युद्धविराम, सबै सिमा नाकाहरू खोल्न र राष्ट्रसङ्घको नेतृत्वको संयन्त्रमार्फत सहायताको स्वतन्त्र प्रवाहको लागि आह्वान गरेका छन् । 

संयुक्त राज्य अमेरिकाले आफ्ना दूत स्टिभ विटकोफ यस हप्ता गाजासम्बन्धमा वार्ताका लागि युरोप जाने र त्यसपछि मध्य पूर्वको भ्रमण गर्नसक्ने बताएको एक दिन पछि यस्तो चेतावनी आएको हो ।

विदेश विभागका प्रवक्ता टेमी ब्रुसले अर्को युद्धविरामका साथै सहायताको प्रवाहका लागि मानवीय कोरिडोरका साथ अगाडि आउने बलियो आशा लिएर आएको बताएका छन् ।

मे महिनाको अन्त्यमा इजरायलले दुई महिनाभन्दा बढीको नाकाबन्दी खोली सिमित सहायता  प्रवाह गर्न थालेपछी पनि गाजावासीहरू अझै पनि चरम अभावको सामना गरिरहेका छन् । 

इजरायलले गाजामा मानवीय सहायताको अनुमति दिइरहेको बताएको छ भने हमासले बढ्दो मूल्यमा बेच्नका लागि खाद्यान्न चोरी गरेर वा सहायताको प्रतीक्षामा रहेकाहरूलाई गोली हानेर नागरिकको शोषण गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ५१ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज