'बेस्ट ट्राफिक पुलिस अफ द मन्थ' अवार्ड भट्टलाई | Khabarhub Khabarhub

‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड भट्टलाई


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले असार महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड प्रहरी निरीक्षक लोकराज भट्टलाई प्रदान गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्सामा दरबन्दी भई कार्यरत निरीक्षक भट्टले ट्राफिक व्यवस्थापन, राजस्व संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन लगायतका कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सो सम्मान प्रदान गरिएको हो।

उनले विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै इमान्दारिता, बफादारी, कर्तव्यनिष्ठा, अनुशासन र लगनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गरिएको छ। हालै सम्पन्न आर्थिक वर्षमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये वीरगञ्ज ट्राफिक कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएकोमा भट्टको नेतृत्व निर्णायक रहेको कार्यालयले जनाएको छ।

त्यस्तै, कार्यसम्पादन सम्झौताअन्तर्गत उल्लेखनीय लक्ष्य प्राप्त गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा पनि सक्रिय भूमिका खेलेको भन्दै कार्यालयले उनलाई उच्च मूल्यांकन गर्दै नगद १,३०० सहित सम्मानित गरेको हो।

नेपाल प्रहरी नियमावली, २०७१ को परिच्छेद १५ को नियम १९७ को उपनियम बमोजिम दिइएको यस सम्मानले अन्य प्रहरी कर्मचारीहरूलाई समेत थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ३ : ५४ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा