उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९३ प्रतिशत मुद्दा फर्छ्यौट « Khabarhub

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९३ प्रतिशत मुद्दा फर्छ्यौट


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानका अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा दर्ता भएकामध्ये ९३ दशमलव ०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको छ ।  

आव २०८१-०८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरी कूल २१७ वटा मुद्दा दर्ता भएका थिए । जसमा गत आवको असार मसान्तसम्म कूल दर्ता भएका मुद्दामध्ये २०२ वटा अर्थात् ९३ दशमलव ०८ प्रतिशत मुद्दा फर्छ्यौट भएको र अब १५ वटा मात्र मुद्दा बाँकी रहेको मुख्य न्यायाधीश प्रधानले जानकारी दिए ।  

वार्षिक लक्ष्य १७८ रहेकामा लक्ष्यभन्दा बढी मुद्दा किनारा लगाउन अदालत सफल भएको प्रधानले बताए। आव २०७९-०८० देखि २०८१-८२ सम्म तीन वर्षको तुलना गर्दा आव २०८१-८२ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको सो अदालतले स्पष्ट गरेको छ ।

पछिल्लो तीन आवका वार्षिक मुद्दाको लगत, फर्छ्यौटको तथ्यांक हेर्दा आव २०७९-०८० मा कूल २५५ मुद्दामध्ये २०५ वटा अर्थात् ८० दशमलव ३९ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो । त्यस्तै आव २०८०-८१ मा दर्ता भएका २७९ मध्ये २५३ अर्थात् ९० दशमलव ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ ।

यसैगरी गत आवमा थुनुवा मुद्दा सङ्ख्या ४३ रहेकामा ४० मुद्दा फर्छ्यौट भएका छन् । जुम्ला इजलासमा रिट निवेदनतर्फ ३४, जबर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह पाँच, सम्बन्धविच्छेद दुई, सवारी ज्यानतर्फ चार, अङ्गभङ्ग दुई र मानव बेचबिखन तथा ओसारपसारतर्फ पाँच वटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तै जातीय विभेदतर्फ दुई, लागूऔषधमा १४, अवहेलनामा दुई, हातहतियार तथा खरखजानामा चार, चोरीमा नौ, अंशसम्बन्धी चार र अन्य अन्यतर्फ ३४ वटा मुद्दा गत आर्थिक वर्षमा दर्ता भएको सो अदालतले जनाएका छ ।  
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : १० बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई