गण्डकीका मन्त्रीको तुच्छ कमेन्ट, ‘त्यो सुरेन्द्र भन्ने को हो ? त्यसलाई कसैले खोजेको छैन’ « Khabarhub

गण्डकीका मन्त्रीको तुच्छ कमेन्ट, ‘त्यो सुरेन्द्र भन्ने को हो ? त्यसलाई कसैले खोजेको छैन’


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को राजनीतिमा आउन नदिने अध्यक्ष केपी शर्मा ओलीको निर्णयले पार्टी बृत्त माथिदेखि तलैसम्म विभाजित देखिएको छ ।

मंगलबार मध्यराति ओलीले भण्डारीलाई रोक्ने निर्णय सुनाउँदै गर्दा त्यसको कडा प्रतिवाद गर्नेमध्ये एक नेता थिए उपाध्यक्ष सुरेन्द्र पाण्डे ।

उनले ओलीको उक्त निर्णयलाई तत्कालीन रुसी नेता स्टालिनसँग तुलना गरेका थिए । स्टालिनले बुट बजारेर विपक्षीलाई पेले जस्तै चरित्र ओलीले पनि देखाएको पाण्डेको भनाइ थियो ।

‘स्टालिनको बुट बजेको सुन्नेबित्तिकै बोल्सेभिक पार्टी र तिनका सदस्यहरू लगलग काँप्थे, तपाईंले पनि एमालेलाई त्यस्तै बनाउन खोज्नुभएको हो ?,’ पाण्डेले भण्डारीलाई रोक्ने ओलीको निर्णयबारे कडा शब्दमा भनेका थिए ।

यो भनाइले एमाले वृत्त तरंगित भइरहेका बेला गण्डकीका एकजना बहालवाला मन्त्रीले पाण्डेबारे आपत्तिजनक टिप्पणी गरेका छन् ।

खासमा पत्रकारसमेत रहेका बागलुङका एमाले नेता हरिनारायण गौतमले बुधबार दिउँसो सामाजिक सञ्जालमा फेसबुकमा एउटा धारणा सार्वजनिक गरे । जसमा उनले भनेका थिए, ‘ग्रास रुटले त विष्णु, सुरेन्द्र, शंकर, पीएस र प्रदीपहरू नै खोजेको हो ।’

उनले भनेका सुरेन्द्र ओलीसँग मंगलबार राति भिडेका उनै सुरेन्द्र पाण्डे हुन्। विष्णु भनेका उपाध्यक्ष विष्णु पौडेल, शंकर भनेका महासचिव शंकर पोखरेल, पीएस भनेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र प्रदीपहरू भनेका उपमहासचिव प्रदीप ज्ञवाली हुन् ।

उनले लेखेको फेसबुक पोस्टमा गण्डकीका बहालवाला स्वास्थ्यमन्त्री कृष्ण पाठकले उपाध्यक्ष सुरेन्द्र पाण्डेप्रति भडाँस पोखेका छन् । अध्यक्ष ओलीको निर्णयको विरोध गरेकै आधारमा पार्टीका वरिष्ठ नेता एवम् उपाध्यक्ष पाण्डेबारे उनी तुच्छ कमेन्ट गर्दै भन्छन्, ‘त्यो सुरेन्द्र भन्ने को हो ? त्यसलाई कसैले खोजेको छैन कमरेड !’

बागलुङबाट एमालेका समानुपातिक सांसद रहेका पाठक १७ भदौ २०८१ मा गण्डकीको स्वास्थ्य मन्त्री बनेका हुन् । उनी एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीनिकट हुन् । अधिकारीलाई मन्त्री बनाएका उनै खगराजले मंगलबार राति ओलीको निर्णयको विरोध गर्ने उपाध्यक्ष पाण्डे र युवराज ज्ञवालीलाई बोल्नसमेत अवरोध गर्ने गरी हो-हल्लाको नेतृत्व गरेका थिए ।

उपाध्यक्षद्वयले ओलीको निर्णयको विरोध गर्दा हो-हल्ला र नाराबाजीको नेतृत्व गरेका उनै खगराजनिकट पाठक सामाजिक सञ्जालमै अमर्यादित शैलीमा प्रस्तुत भएका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठक चल्दै गर्दा केही दिनअघि गण्डकीमा एकअर्काका प्रतिद्वन्द्वी खगराज र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ एकसाथ देखिएको तस्बिर सार्वजनिक भएको थियो । खासमा गुरुङ पूर्वराष्ट्रपति निकट थिए तर खगराजलाई पनि एक ठाउँ ल्याएर उनीहरूलाई मिलाइएको थियो ।

एमाले केन्द्रीय कमिटी बैठमा पनि यसअघिको अभ्यासको प्रचलनविपरीत गण्डकीबाटै बोल्न दिन लगाइएको थियो । गण्डकीका अधिकांश नेतालाई ओलीको पक्षमा केन्द्रीय कमिटीमा लाइन लगाएर बोल्न लगाएपछि विरोधमा देखिएको स्वर पनि मथ्थर भएको थियो ।

पाठक एमाले बागलुङको कार्यवाहक अध्यक्षसमेत भइसकेका नेता हुन् । पूर्वराष्ट्रपति भण्डारीलाई लिएर एमालेको जनमत विभाजित भइरहँदा गालीगलौजको भाषासहित मन्त्री नै सामाजिक सञ्जालमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : ५३ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती