आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रित छ : अर्थमन्त्री  | Khabarhub Khabarhub

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रित छ : अर्थमन्त्री 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरूले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरू गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताए।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रूपन्देहीले बुधबार बुटवलको आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस–एमाले गठबन्धनको सरकार मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको र यो गठबन्धन आगामी ०८४ सम्मै यो कायम रहने पनि बताए। 

‘बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन’, उनले भने, ‘शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको सरकार निर्माण भएको हो आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।’

सरकारका विरुद्ध नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाई गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भने, ‘यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार अघि बढी रहेको छ ।’ 

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पौडेलले मुलुकको सर्वोच्च संस्था राष्ट्रपतिजस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरे पनि विभाजन चाहनेहरूका सपना तुहिएको बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उनको भनाइ थियो । सदस्यता नवीकरण गर्ने व्यवस्था पार्टीमा नरहेको र नयाँ प्रक्रियाबाट जानुपर्ने बताए।

 उनले भने, ‘उहाँको सदस्यता स्थगित होइन, परित्याग हो, जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ ।’

केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने जनाउँदै छिटो सुझाव दिन उनले आग्रह समेत गरे।
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : ५३ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा