जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व | Khabarhub Khabarhub

जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न परिसूचकका आधारमा गरिएको कार्यसम्पादनपछि सो कार्यालयले सात वर्षपछि आर्थिक वर्ष २०८१-८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।
 
कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार आर्थिक वर्ष २०८१-८२ मा वार्षिक लक्ष्य रु चार अर्ब ८८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोभन्दा बढी चार अर्ब ९० करोड ४३ लाख कुल राजस्व संकलन गरेको छ । 
 
साथै कार्यालयले लामो समयदेखि राजस्व नतिर्ने १२५ व्यावसायिक फर्मलाई  कारबाही प्रक्रिया अघि बढाएको छ । त्यसमध्ये कारबाहीमा परेकामध्ये १० वटा फर्मबाट रु चार करोड ३० लाख राजस्व संकलन भएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए । 
 
सोही अवधिमा कार्यालयले आयकरतर्फ एक अर्ब ३२ करोड  ५३ लाख ७४ हजार, बहालकरतर्फ तीन करोड ३४ लाख ४५ हजार, ब्याजकरतर्फ सात करोड ९५ लाख २९ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब नौ करोड ८० लाख ६४ हजार, अन्तःशुल्ककरतर्फ दुई अर्ब ३६ करोड ६० लाख १० हजार, स्वास्थ्यकरतर्फ चार लाख ७९ हजार, शिक्षाकरतर्फ रु तीन हजार तथा अन्यकरतर्फ १४ लाख ३७ हजार गरी कुल चार अर्ब ९० करोड ४३ लाख ४१ हजार राजस्व संकलन भएको जानकारी दिइएको छ ।
 
सोही अवधिमा कार्यालयले आयकरतर्फ एक अर्ब ५८ करोड ६० लाख, बहालकर रु ५४  करोड ४४ लाख ८०, ब्याजकर रु सात करोड ६१ लाख ३१ हजार, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब १७ करोड १७ लाख १४ हजार, अन्तःशुल्ककरतर्फ रु एक अर्ब ९९ करोड ६१ लाख छ हजार, स्वास्थ्यकरतर्फ रु २१ लाख ८३ हजार, शिक्षाकरतर्फ रु दुई लाख पाँच हजार गरी कुल रु चार अर्ब ८८ करोड ६८ लाख २४ हजार राजस्वको लक्ष्य रहेको थियो । 

करिब ३५ हजार करदाता रहको सो कार्यालयले आर्थिक वर्ष २०८०-८१ को तुलनामा आर्थिक वर्ष २०८१-८२मा बढी राजस्व संकलन गरेको सो कार्यालयलद्वरा प्राप्त तथ्यांकमा जनाइएको छ । विवरणमा आर्थिक वर्ष २०८०-८१ मा तीन अर्ब ८२ करोड ८५ लाख तथा २०८१-८२ मा रु चार अर्ब ९० करोड ४३ लाख राजस्व संकलन गरेको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ०६ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा