अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ « Khabarhub

अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ ।

वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए ।  प्रतिशोधात्मक करको वृद्धि तीन अङ्कमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुबै पछि हटेका थिए । 

त्यसअघि विवाद चुलिँदै जाँदा विश्वका दुई ठूला अर्थव्यवस्थाहरू बीचको व्यापार अवरुद्ध भएको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने बताएका छन् । 

‘तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्टको मध्यसम्ममा लेभीको समयसीमा स्थगन हुने सम्भावना देखिएको छ,’ बेसेन्टले फक्स बिजनेससँग बताए। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा दुवै पक्षले समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्न सक्ने आशा गरेको बताएका छन् । 

उनले भने, ‘हामी सहमति बढाउनेछौँ, असमझदारी कम गर्नेछौँ, सहयोगलाई बलियो बनाउनेछौँ र चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई बढावा दिनेछौँ ।’

चीनका उपप्रधानमन्त्री दसईपक्षबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ । 

‘हे लाइफङ वार्ताका लागि जुलाई २७ देखि ३० सम्म स्वीडेनमा रहनुहुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत मे महिनामा जेनेभामा उच्च अधिकारीहरूको बैठकपछि दुवै पक्षले कर वृद्धिको स्तर घटाउन अस्थायी रूपमा सहमत भएका थिए। गत जुनमा लण्डनमा पनि दुई देशका अधिकारीबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ४३ बजे

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी