दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने | Khabarhub Khabarhub

दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबिच सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको छ । 
 
 राष्ट्रिय मानव अधिकार आयोगमा रहेका सूचना, विवरण, जानकारी र उजुरी तथा सङ्क्रमणकालीन न्यायका विविध पाटाका विषयमा दुई आयोगको बिचमा सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको बेपत्ता आयोगका सदस्य तथा प्रवक्ता सिर्जना पोखरेलले जानकारी दिए । 

दुई आयोगबिच पीडितलाई केन्द्रबिन्दुमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चार वर्षे कार्ययोजना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०८२ को मस्यौदा निर्माण गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष  तपबहादुर मगर, सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेल र लीली थापा तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला, सदस्य गोपालनाथ योगी र अग्निप्रसाद थपलिया लगायतले सहमति गरेका हुन् । 
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : २५ बजे

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र