सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित | Khabarhub Khabarhub

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक (सीपीआई)सन् २०२५ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०२४ को दोस्रो छ महिनाको १.८ प्रतिशत वृद्धिको तुलनामा कम हो ।

आय समूह अनुसार हेर्दा, न्यूनतम २० प्रतिशत र मध्यम ६० प्रतिशत आय भएका घरपरिवारका लागि मुद्रास्फीति ०.८ प्रतिशत थियो भने उच्च २० प्रतिशत आय समूहका लागि १.२ प्रतिशत थियो । यी सबै दर सन् २०२४ को दोस्रो छ महिनाको तुलनामा घटेका छन् ।

मुल्यवृद्धिमा मुख्य योगदान दिने क्षेत्रहरूमा बसोबास, स्वास्थ्य बीमा, खाना तथा मोटर गाडी रहेका छन् । यद्यपि, विदाको खर्च कम हुनु र विद्युत् शुल्क घट्नुले मुद्रास्फीति केही हदसम्म कम गरेको देखिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : २५ बजे

गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण

गाजा – गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

सुनसरी – अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक