सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम | Khabarhub Khabarhub

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका पलायनपछि साइन गरे पहिलो फिल्म ‘सकम्बरी’
बेरोजगार बनेका नायक पुष्पले बल्ल पाए बन्ने फिल्म, दुई वर्षदेखि थिए फिल्मबिहीन
फिल्म निर्माणमा कमेडियनहरुको आकर्षण बढ्दो, कोही छायाङ्कनमा व्यस्त कोहीले गरे घोषणा
गसिपमा छ– पानी बाराबारको हल्ला चिर्न स्वस्तिमा र प्रकाशको जुठो पानीको चुस्की

गसिप

गायक तथा नायक प्रकाश सपुत र नायिका स्वस्तिमा खड्काले सम्बन्ध पानी बराबारको अवस्थामा पुगे भन्ने चर्चालाई जुठो पानीको चुस्कीले चिरेका छन् ।
फिल्म ‘वसन्त’ प्रदर्शनमा आएपछि यी दुईको सम्बन्ध चिसिएको चर्चा चलेको थियो । आफ्नो डेब्यू लेखन र निर्देशन रहेको ड्रिम प्रोजेक्ट ‘वसन्त’को प्रचारमा स्वस्तिमाले असहयोग गरेको भन्दै प्रकाश असन्तुष्ट बनेका हुन् ।
यही कारण यी दुईको सम्बन्ध चिसिएको उनीहरु निटक बताउँछन् ।
उनीहरुको सम्बन्धको चिसोपन ‘हरिबहादुरको जुत्ता’को पोस्टरका लागि भएको फोटो सुटमा देखिएको थियो । यी दुई एकअर्कासँग बोलचाल नगरी फोटोसुट गरेर बाहिरिएको स्रोतको दाबी छ ।
यही घटनापछि उनीहरुको सम्बन्ध पानीबाराबारको अवस्थामा पुगेको गसिप बाहिरिएको हो ।
यही गसिपलाई क्यारी गर्दै स्वस्तिमा र प्रकाशले फिल्म ‘हरिबहादुर जुत्ता’को प्रचार गरेका छन् ।
सम्बन्ध ठीक छ भनेर देखाउन स्वस्तिमाले प्रकाशको जुठो पानीको चुस्की पनि लगाएकी छन् ।
फिल्म क्षेत्रका एक–अर्कासँग नबोल्नु सामान्य भइसक्यो । यहाँ विवाह त १५ दिन टिक्दैन । बोलचाल नहुनु के ठूलो कुरा भयो ?
तर, प्रकाश र स्वस्तिमाले चाहिँ गसिपलाई चिर्न प्रहसन नै मञ्चन गरे । ठीकै छ टुट्नु–फुट्नुभन्दा मिलेकै राम्रो ।
फेरि प्रकाश र स्वस्तिमाको ‘कुरा बुझ्नु पर्छ’मा जस्तो सहकार्य हेर्न पाइयोस् । ‘वसन्त’मा जस्तो भन्यो भने आग्रहको आक्षेप लाग्ला भन्ने डर ।

कमब्याकको तयारीमा जीवन

अमेरिका पलायन भएका कुनै समयका चर्चित र स्थापित नायक जीवन लुइँटेलले ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने भएका छन् ।

लभर ब्वाइ हिरोको छविको दबदबामा फिल्म गरिरहेकै बेला जीवन अमेरिका भासिएका थिए । उता गएको ६ वर्षपछि रङ्ग मञ्चमा डेब्यू गर्न आएका जीवनले यही मौका पारेर फिल्म ‘सकम्बरी’ साइन गरेका हुन् ।

रङ्गमञ्चबाट अभिनयमा फर्काउने कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने लागेकै फिल्ममा जीवन फाइनल भएका हुन् । एकेडेमीका अनुसार उनले फिल्ममा ‘सुयोगवीर’को भूमिका निर्वाह गर्ने छन् ।

यो फिल्मको छायाङ्कन तिहारपछि हुने बताइएको छ । फिल्ममा अर्का नायक अर्पण थापा पनि अनुबन्ध भएका छन् ।

जीवनको कुरा गर्नुपर्दा– ‘सकम्बरी’ बन्यो र यही वर्ष प्रदर्शनमा आयो भने जीवनलाई ६ वर्षपछि दर्शकले ठूलो पर्दामा फेरि देख्न पाउनेछन् ।

जीवनको अभिनय रहेको पछिल्लो फिल्म ‘ठूली’ ०७६ साल भदौमा प्रदर्शनमा आएको थियो । जीवनले चाँडै अर्को फिल्म साइन गर्ने हल्ला पनि बजारमा छ ।

पुष्पले पाए फिल्म

लगातर फ्लप फिल्म दिएपछि ठूलो पर्दाको कामबाट बरोजगार बनेका नायक पुष्प खड्काले ‘३६ को आँकडा’मा अभिनय गर्ने भएका छन् ।

दुई वर्षभन्दा बढी समय फिल्मविहीन भएका पुष्पलाई बल्ल काम जुरेको हो ।

पुष्प तीन–चार वर्षअघिसम्म नायकद्वय अनमोल केसी र प्रदीप खड्काका प्रतिस्पर्धीका रुपमा हेरिएका नायक हुन् । तर, फिल्महरु बक्स अफिसमा लगातार फ्लप भएपछि उनी सिनबाटै गायब जस्तै देखिए ।

प्रदर्शनमा आएको उनको पछिल्लो फिल्म ‘तिम्रो मेरो साथ’ हो । जुन ०७९ साल पुसमा प्रदर्शनमा आएको थियो । ०८०, ८१ र ८२ सालको साउनसम्म उनी फिल्ममा बेरोजगार देखिए ।

०८० साल चैतमा उनले फिल्म ‘सिड्नी ब्लुज’ साइन गरे । सन् २०२४ भित्रै प्रदर्शनमा आउने भनिएको उक्त फिल्मको छायाङ्कन भएको छैन ।

यही दशैंँ प्रदर्शन मिति तोकेर घोषण गरिएको फिल्म ‘महाराजधिराज’मा पनि पुष्प अनुबन्ध भएका छन् । नायक पल शाहले हात झिकेपछि यो फिल्मको निर्माण अन्योलमा छ ।

खैर, यो वर्ष ‘३६ को आँकडा’ प्रदर्शनमा आए पुष्पलाई तीन वर्षपछि ठूलो पर्दामा दर्शकले हेर्न पाउनेछन् ।

फिल्म क्षेत्रमा कसको उदय कति बेला र कसको पतन कतिबेला हुन्छ त्यो भगवानलाई नि थाहा छैन ।

कुनै बेला फिल्म साइन गर्न सर्तका सूची तेस्र्याउने पुष्प तीन वर्ष फिल्मबाट बेरोजगार बने । यस्ता पुष्पहरु फिल्म क्षेत्रमा टन्नै भेटिन्छन् ।

केमेडियनहरु फिल्ममा आकर्षित

अहिले ठूलो पर्दामा हाँस्य टेलिभिजन कार्यक्रम पृष्ठभूमिबाट आएको टिम ‘दीपक–दीपा’को टिम नै सार्वाधिक सफल छ ।

यो टिमले निर्माण गरेको सतप्रतिशत फिल्म हिट छन् । अन्य हाँस्य कलाकारहरु पनि फिल्म निर्माणका आकर्षित भएको पाइएको छ ।

इन्टरनेटको पहुँच विस्तारसँगै नेपाल टेलिभिजनको क्रेज घटेपछि दिपक–दीपाको टिम फिल्म निर्माण प्रवेश गरेको हो ।

तत्कालीन समयका चर्चित तीन टेलिसिरियल ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘तितो सत्य’का हाँस्य कलाकारहरु मिलेर फिल्म बनाएका हुन् । उनीहरुले बनाएको पहिलो फिल्म ‘६ एकान ६’ हो ।

यो टिमले फिल्म ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छ माया छपक्कै’ र ‘छक्का पञ्जा’को पाँच श्रृङ्खला निर्माण गरेको छ । यी आठ वटै फिल्म सुपरहिट सावित भएका छन् । यो टिम फिल्म निर्माणमा सतप्रतिशत सफल भएको छ ।

सिरियल ‘सक्किगो नि’ टिमले पनि गत वर्ष फिल्म निर्माणमा हात हालेको थियो । कुमार कट्टेल ‘जिग्री’को निर्देशनमा बनेको यो गत फागुनमा प्रदर्शनमा आएको थियो । तर, यसले सुखद व्यापार गर्न सकेन ।

‘मेरी बास्सै’ अन्य दुई कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी’ र विल्सन बिक्रम राई ‘तक्मे बूढा’ फिल्म निर्माणमा होमिएका छन् ।

कलाकार ‘तक्मे बूढा’ पाँचथरमा ‘मैझारो’को छायाङ्नमा व्यस्त छन् । उनको लेखन र निर्देशनमा यो फिल्म बन्न लागेको हो । हिरोमा नायक धिरज मगर र नायिकामा मिरुना मगर चयन भएका छन् ।

त्यस्तै, ‘बल्छी धुर्बे’ले पनि फिल्म निर्देशनमा हात हालेका छन् । उनले गत मंगलबारबाट आफ्नो लेखन र निर्देशन रहने फिल्म ‘गोबर गणेश’को छायाङ्कन सुरु गरेका हुन् ।

फिल्मको शुभ मुहूर्त कार्यक्रममा बल्छीले आफ्नो अभिनय करिअरको गुरु केदार घिमिरे माग्ने बूढालाई पनि बोलाए । शुभमुहर्तमा केदारको खुट्टा ढोगेरै बल्छीले आर्शीवाद लिए ।

त्यस्तै, टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टिम पनि फिल्म निर्माणमा तातिएको छ ।

यो फिल्मले फिल्म ‘क का कि की’ निर्माणको घोषणा गरिसकेको छ । दशैँ लगत्तै यसको छायाङ्कन सुरु हुने बताइएको छ । यसको निर्देशक हाँस्य कलाकार विक्की अग्रवाल हुन् ।

यसको शीर्ष कलाकारमा नायक महेश त्रिपाठी, नायिकाहरु रेखा थापा, गौरी मल्ल, तृप्ती नदकर फाइनल भएका छन् । यस फिल्ममा ‘कमेडी दरबार’का सबै जसो कलाकारको अभिनय रहने बताइएको छ ।

ह्याट्रिकबाट बचे पल

फाइल फोटो

नायक पल शाह फ्लप फिल्मको ह्याट्रिक हान्नबाट बचेका छन् । साउन २३ बाट प्रदर्शनमा आएको उनी स्टारर फिल्म ‘मोहर’ले ठीकठाक व्यापार गर्दा बालबाल उनी ह्याट्रिकबाट बचेका हुन् ।

बक्स अफिस रिपोर्ट हेर्दा यो फिल्मले हलबाट लगानी सुरक्षित गर्ने देखिन्छ । पल र नायिका नीतिको अभिनयले केही चर्चा भने पाएको छ ।

उनीहरुको अभिनय भयङ्कन भएर होइन, पहिलाका फिल्मभन्दा केही सुधार भएर चर्चा भएको हो ।

साउन २३ बाटै फिल्म ‘सिटामोल’ प्रदर्शनमा आएको थियो । त्यो फिल्मको व्यापार नाम जस्तै भयो । अर्थात्, अहिलेसम्मको बक्स अफिस रिपोर्ट हेर्दा फ्लप भयो भन्न कसैसँग हिच्किचाहट मान्नु पर्दैन ।

तीन फिल्मको बक्स अफिस भिडन्त

भदौ ६ गते अर्थात्, यही शुक्रबारबाट तीन फिल्म हलका एक साथ प्रदर्शनमा आएको छ ।

फिल्महरु ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ प्रदर्शनमा आएका हुन् ।

प्रचारमा आक्रामक देखिएको ‘माग्ने राजा’ले सुखद व्यापार गर्ने हाम्रा विश्लेषकहरुको अनुमान छ ।

‘जनै हराएको मान्छे’को प्रिमियर हरेपछि अतिथिहरु भक्कानो छाडेर रोएपछि यस फिल्मले नयाँ माहोल सिर्जना गरेको छ ।

अहिलेको अवस्थामा भदौ ६ को मुख्य भिडन्त दुई फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’बीच हुने देखिन्छ ।

यसको मतलब ‘ताराहरु’लाई हेपेको भने होइन । माउथ पब्लिसिटी राम्रो पायो भने यसले पनि बाँकी दुई फिल्मलाई पछार्न सक्छ ।

त्यसैले अहिलेको अवस्थामा यो साता केदार घिमिरे माग्ने बूढा र विजय बरालको बक्स अफिस भिडन्त हो । यो भिडन्त कस्तो हुन्छ ? यसको जवाफ यही साता नै पाइनेछ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ७ : ३४ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय