नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य « Khabarhub

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय अस्पताल (डीएच–केयूएच)बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा विराजमान कर्माचार्य र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले शुक्रबार द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार धुलिखेल अस्पतालका आवासीय चिकित्सक र नेत्र विशेषज्ञलाई एनएनजेएस अन्तर्गतका विभिन्न अस्पतालमा तालिम, अनुसन्धान र बाह्य कार्यक्रममा सहभागी गराइनेछ । सोहीअनुरूप काठमाडौं विश्वविद्यालयका ग्लोबल हेल्थ तथा एपिडेमियोलोजी विषयका विद्यार्थीलाई पनि एनएनजेएसमा शैक्षिक आदानप्रदान, अध्ययन भ्रमण र अनुसन्धानमा सहभागी गराउने व्यवस्था गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रकाअनुसार दुई संस्थाबीच संयुक्त अनुसन्धान र सहप्रकाशनसमेत हुनेछ ।

अठ्ठाइस आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत नेपाल नेत्रज्योति सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ४३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको