वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण | Khabarhub Khabarhub

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा फाउण्डेशन र बनेपा नगरपालिकाको संयुक्त पहलमा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको नालास्थित काशी भन्ज्याङ क्षेत्रमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

बनेपाको वडा नम्बर ३ मा अवस्थित सार्वजनिक जग्गा र युलेन्स एजुकेशन फाउण्डेशनको निजी स्वामित्वमा रहेको करिब ४०० रोपनी जग्गामा करिब दशहजार बिरुवा रोपिएको कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीसहित करिब एकहजार जना सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वातावरणीय संरक्षणलाई सबैको साझा जिम्मेवारी जनाउँदै युवालाई प्रकृति संरक्षणमा सक्रिय बनाउन यस्तो अभियान महत्वपूर्ण हुने बताइन् । उनले नेपाल सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि बृहत् वृक्षारोपण अभियान अघि सारेको उल्लेख गर्दै वातावरणीय सचेतनामा यस्ता कार्यक्रमहरू टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य राखेको स्मरण गर्दै सरकारले मात्र नभई सबै पक्षको सहकार्य आवश्यक पर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठलगायत विशिष्ट अतिथिको पनि सहभागिता रहेको थियो ।

युलेन्स एजुकेशन फाउन्डेशनका ट्रष्टि हेमसागर बरालले नेपाल सरकारको जलवायु प्रतिबद्धतासँग सहकार्य गर्दै सगरमाथा संवादद्वारा अघि सारिएको २० वर्षे वृक्षारोपण अभियानलाई समर्थन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले युवाको सक्रिय सहभागितालाई उच्च प्रशंसा गर्दै वातावरणीय संरक्षणमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

फाउण्डेशन र नगरपालिकाले संयुक्त रूपमा रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ५६ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ