झोलुङ्गे पुल बनेपछि यात्रा सहज « Khabarhub

झोलुङ्गे पुल बनेपछि यात्रा सहज


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ ।

मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।

पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–४ का मनमाया चोचाङ्गीले बताइन् ।

‘धापुङ्ग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,’ उनले भनिन्, ‘बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’

५७ लाख १० हजार ८६० रुपैयाँको लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले ६४ हजार नौ सय ६१ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

११ लाख ६६ हजार ४२४ मा स्टिल पार्ट्स खरिद र उपभोक्ता समितिलाई ३१ लख ८३ हजार ९१ रुपैयाँ भुक्तानी भएको मङ्गला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख सवइञ्जिनियर रुचेन्द्र अधिकारीले बताए । (रासस)

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ११ : ५९ बजे

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार