नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू) « Khabarhub

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदात गराएको छ । एकैदिन गरिएको यो रक्तदान कीर्तिमानी रहेको केन्द्रले जनाएकाे छ ।

संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवस अवसरमा केन्द्रले रक्तदान आयोजना गरेको थियो । नेपालभरकै ब्रह्माकुमारीज शाखाहरूमा रक्तदान भएको थियो ।

‘देशैभरिका न्यानो मुटुहरू एकै स्वरमा धड्किँदा, एकै दिन ५,०५७ पिन्ट रगत संकलन गर्दै नेपालले अभूतपूर्व कीर्तिमान कायम गरेको छ’, केन्द्रले जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ ।

अभियानको पहिलो दिन हिजो (भदौ ६ गते) ब्रह्माकुमारीज शाखाले काठमाडौँ क्षेत्रमा १,७४५ पिन्ट, विराटनगर क्षेत्रमा १,३०२ पिन्ट, नारायणगढ क्षेत्रमा ८१२ पिन्ट, नेपालगञ्ज क्षेत्रमा २५६ पिन्ट, वीरगञ्‍ज क्षेत्रमा २२० पिन्ट, पोखरा क्षेत्रमा १४९ पिन्ट, दाङ क्षेत्रमा १३७ पिन्ट, बुटवल क्षेत्रमा १२१ पिन्ट, हेटौंडा क्षेत्रमा ११३ पिन्ट, जनकपुर क्षेत्रमा १०० पिन्ट, भैरहवा क्षेत्र ६७ पिन्ट, राजविराज क्षेत्रमा २५ पिन्ट गरी कूल ५,०५७ पिन्ट रगत सङ्कलन भएको केन्द्रले जानकारी दिएको हो

केन्द्रले नेपाल–भारतका विभिन्न स्थानमा भदौ ६ देखि ९ सम्म यो अभियान चलाउँदैछ । अभियानमा हजारौँ स्वयम्‌सेवक परिचालन गरिएको पनि जानकारी दिएको छ ।

तस्बिरहरू :

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १२ : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्