नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक « Khabarhub

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ क्यानले फेसबुक पेजमार्फत् क्रिकेट टिमको टी-२० जर्सी सार्वजनिक गरेको हो।

यसअघि जर्सीमा नेपालको नाम लेख्दा पहेँलो रङ प्रयोग भएकोमा नयाँमा सेतो रङ प्रयोग भएको छ। नेपाली क्रिकेट टिमको नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ। जर्सीको एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फ सूर्य अंकित छ।

क्रिकेट टिमको जर्सीको स्पोन्सर नासा सेक्युरिटीजले गरेको हो। जसको लोगो जर्सीको बीचमा छ। जर्सीमा सगरमाथाको संकेत तलतर्फ राखिएको छ।

क्यानले जर्सी सार्वजनिक गर्दै भनेको छ, ‘आफ्नो जोश लगाउनुहोस्, आफ्नो गौरव लगाउनुहोस्।’ जर्सी एकता, शक्ति र सपनाको प्रतीक भएको उल्लेख गरिएको छ।

नेपालले नयाँ जर्सी वेस्ट इन्डिजसँगको टी–२० आई शृङ्खलामा लाएर खेल्नेछ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १० : ०० बजे

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरूलाई ‘स्मार्ट बोर्ड’

सरकारले सुशासन र पारदर्शितालाई व्यवहारमा रूपान्तरण गर्दैछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा

चितवन-२ : रविले जिते फेरि चुनाव हुन्छ ? के छ कानूनी प्रावधान ?

काठमाडौं – फागुन २१ गतेको निर्वाचनमा विजयी हासिल गरेर राष्ट्रिय

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले