जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ « Khabarhub

जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललिपतुको नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरू सानु भण्डारी र केशव दुलाल धापाखेलबाट मंगलबार पक्राउ परेका छन् ।

उनीहरू दुवैजनालाई धापाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले बताएका छन् ।

गत भदौ २४ सहकारी ठगीमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिरिएसँगै नख्खुबाट अधिकांश कैदी निस्किएका थिए ।

फरार कैदीहरू कतिपय आफैं जेल फर्किएका छन् । तर नफर्किनेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

देशभरका कारागारबाट भागेका १५ हजारमध्ये अझै ९ हजार कैदीबन्दी सम्पर्कविहीन छन् । प्रहरीले उनीहरूलाई पक्राउ गर्न विशेष अपरेशन चलाएर खोजतलास तीव्र बनाएको छ । मंगलबार एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागारमा फर्किएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : २२ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन