पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो « Khabarhub

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वर्षायाम सकिएलगत्तै दैनिकजसो दर्जनौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् ।

जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुनेबित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा पर्वतको मोदी गाउँपालिका–१ माटेबाट जलजलासम्म दुई किलोमिटर लामो ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

पर्यटन तथा उद्योग कार्यालयमार्फत सञ्चालित उक्त आयोजनाअन्तर्गत तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनको भनाइ छ । उनका अनुसार यस पदमार्गले दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल थप गरिएको छ । समुद्री सतहबाट तीन हजार ३०० मिटर उचाइमा रहेको माटेबाट दुई हजार मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमश्रृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

मृगलगायत जङ्गली जनावर पनि देख्न सकिन्छ । यसअघि व्यवस्थित बाटो नहुँदा पर्यटकले बाटो बिराउने र जोखिम मोल्नुपर्ने समस्या भएर पर्यटकको सङ्ख्या कम भए पनि अहिले सबैतिरबाट पूर्वाधार सम्पन्न भएपछि पर्यटकको सङ्ख्या बढ्दै जान थालेको समितिका सचिव पुनको भनाइ छ ।

अहिले यहाँ पर्वत, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, काठमाडाैँ, चितवनका जो पदयात्रा गर्न रुचाउँछन् । त्यस्ता पर्यटक बढी मात्रामा आउने गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । पछिल्लो समय विभिन्न म्युजिक भिडियो र फिल्म छायाङ्कनका लागि कलाकार तथा सर्जकहरूको उल्लेख्य मात्रामा उपस्थित हुने गरेका छन् ।

केही दिनअघि पदयात्रा गर्दै हम्पाल लेक पुगेका वरिष्ठ मुटुरोग विशेषज्ञले यो क्षेत्र नेपालकै सुन्दर र रमणीय रहेको बताउँदै यसलाई पर्याप्त प्रचारप्रसार गर्नसके भविष्यमा लाखौँ पर्यटक भित्र्याउन सकिने प्रतिक्रिया दिए । यो पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा समेत बाह्य पर्यटकले प्रयोग गर्दै आएका छन् ।

अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँपुलदेखि घान्द्रुक र तिखेढुङ्गासम्म सडक विस्तार भएपछि बाह्य पर्यटकहरू यो पदमार्गमा हिँड्न थालेको पर्यटन व्यवसायी मनबहादुर भण्डारीले बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप रु २० लाख बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उनको भनाइ छ ।

यसअघि वाइफाइडाँडामा आश्रयस्थल भवन र जलजलामा विद्युत् सुविधा पुर्‍याइएको थियो । हिन्दू धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको जलजला विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्तस्थल हो । यहाँको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएका छन् भने पहाडका बीचमा रहेको सीमक्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ११ : ५८ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय