सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन « Khabarhub

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो ।

आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीन/तीन करोड बजेट विनियोजन भएको जानकारी दिए । उनका अनुसार देवघाट गाउँपालिका-५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइमा रु तीन करोड, व्यास नगरपालिका-६ स्थित शिशाघाट उपत्यका लिफ्ट सिँचाइ आयोजनामा रु तीन करोड, भानु नगरपालिका-४ स्थित भानु चुँदी वराह सिँचाइ आयोजनामा रु तीन करोड, शुक्लागण्डकी नगरपालिकास्थित टार बजार संरक्षण कार्यक्रमका लागि रु तीन करोड, देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रणका लागि रु तीन करोड बजेट विनियोजन भएको छ ।

यस्तै मर्स्याङ्दी तथा दरौदी नदी नियन्त्रणका लागि रु ७५ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए । कार्यालयले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा काम गर्दै आएको छ । सुरुमा पालुङटार सिँचाइ आयोजना तथा कुण्डुटार सिँचाइँ योजनालाई कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७५/७६ मा पालुङटार कुण्डुटार सिँचाइ आयोजनाको नाममा स्थापना भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ बाट तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहनेगरी नाम परिवर्तन गरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय गोरखा बनाइएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ मा स्थानान्तरण भई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँ भएको छ ।

कार्यालयले चार जिल्लाका विभिन्न सिँचाइ संरचना निर्माण, दरौदी, दोर्दी तथा मर्स्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माण, जग्गा उकास, नदी नियन्त्रण, सिँचाइ तथा नदी व्यवस्थापन कार्यका लागि आवश्यक अध्ययन, सर्भेक्षण कार्य गरिरहेको प्रमुख खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १२ : २३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको