उत्तर कोरियाले हाइपरसोनिक मिसाइलसहित ‘अत्याधुनिक’ हतियार प्रणाली परीक्षण गरेको दाबी « Khabarhub

उत्तर कोरियाले हाइपरसोनिक मिसाइलसहित ‘अत्याधुनिक’ हतियार प्रणाली परीक्षण गरेको दाबी


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सियोल- उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ । दक्षिण कोरियाली सेनाले बुधबार प्योङयाङबाट प्रक्षेपण भएको पत्ता लगाएको थियो ।

यो विगत केही महिनायता यस्तो प्रकारको पहिलो परीक्षण हो । यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेका ठीक एक हप्ता अघि घटेको हो ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले शीर्ष सैन्य अधिकारी पाक जोङ चोनलाई उद्धृत गर्दै ‘यो नयाँ अत्याधुनिक हतियार प्रणालीले उत्तर कोरियाको आत्मरक्षात्मक प्रविधि निरन्तर सुदृढ हुँदै गएको स्पष्ट प्रमाण हो’ भनी जनाएको छ ।

एजेन्सीका अनुसार उक्त परीक्षणको उद्देश्य सम्भावित शत्रुहरू विरुद्धको रणनीतिक प्रतिरोधलाई अझ स्थिर र प्रभावकारी बनाउनु हो । उत्तर कोरियाली नेता किम जोङ–उन यस परीक्षणमा सहभागी नभएको पुष्टि गरिएको छ ।

केसीएनएले जारी गरेका तस्बिरहरूमा दुईवटा ‘हाइपरसोनिक प्रोजेक्टाइल’ राजधानी प्योङयाङको दक्षिणबाट प्रक्षेपण गरी देशको उत्तरपूर्वी भागमा रहेका लक्ष्यहरूमा प्रहार गरिएको देखाइएको छ । तस्बिरहरूमा मिसाइलले आकाशमा तीव्र गतिमा उड्दै लक्ष्यमा पुगेर कालो धुवाँ र माटोको मुस्लोबीच विस्फोट हुने क्षण पनि समावेश गरिएको छ ।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्न सक्ने र उडानको क्रममा दिशा परिवर्तन गर्न सक्ने भएकाले तिनीहरूलाई ट्र्याक वा रोकथाम गर्न कठिन मानिन्छ । उत्तर कोरियाको यो परीक्षणलाई क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ चुनौतीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  २ : १४ बजे

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न