किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान « Khabarhub

किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुनसरी–  नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो बर्षको ‘विशिष्ट प्रतिभा सम्मान’ अग्रज श्रष्टा कवि जसराज किरातीलाई दिने घोषणा गरेको छ । यसैगरी संस्थाले दिँदै आएको ‘प्रतिभा पुरस्कार’ युवा पत्रकार तथा लेखक विजेता कर्ण चौधरीलाई प्रदान गर्ने पनि घोषणा गरेको छ ।

नेपाली प्रतिभा प्रतिष्ठानको कार्यसमितिको बैठकपछि शनिबार सार्वजनिक गरिएको विज्ञप्तीअनुसार  यो बर्षको विशिष्ट प्रतिभा सम्मान नगद एकलाख रुपैया, ताम्रपत्र र दोसल्ला यसै गरी प्रतिभा पुरस्कार नगद एकलाख रुपैया र ताम्रपत्र रहेको छ ।

यसअघि संस्थाले सर्वोच्च कवि बैरागी काइँलालाई मात्रै विशिष्ट सम्मानले सम्मानित गरेको छ ।’

२००२ साउन १७ गते खोटाङको मैचुङगाउँ, बुइपा–६ मा जन्मेका जसराज किराती बाल्यकालदेखि कविता लेखनमा सकृय रहँदै आएका छन् । उनको पहिलो कृति  कविता संग्रह ‘उज्यालो खोज्ने आँखाहरू (२०३६) जसराज किरातीका कविता, (कवितासङ्ग्रह, २०५७ र जसराज किरातीका प्रतिनिधि कविता सङ्ग्रह (२०६४) प्रकाशित छन् ।

किरातीले नेपालमा छापाखानाको विकास राम्ररी नहुदै उनले  हस्तलिखित साहित्यिक पत्रिका गोरेटो (२०२०)  सम्पादन गरेका थिए । यसैगरि अर्धचन्द्र द्धैमासिक २०२०, आक्रोश (२०२६) र ुहलेसी पुञ्जु (२०४१) पत्रिकाहरू सम्पादन रहेका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले किरातीलाई ६ दशकसम्म लगातार नेपाली कविता लेखनमा अतुलनीय योगदान दिएको भन्दै विशिष्ट सम्मान प्रदान गर्न लागिएको जनाएको छ ।

यसैगरी सन् १९८१ मा धनुषाको जनकपुरधाममा जन्मेकी विजेता चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाले प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेले बताए ।

चौधरीको ‘धाराक विरूद्ध’ मैथिली कविता संग्रह (सन् २०१९), र ‘कफ्र्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कविता संग्रह (लेखिका द्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गरेकी । चौधरीले चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथा संग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।

यस्तै विश्वेश्वर प्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वर प्रसाद  कोइरालाका आख्यानमा मधेस, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गरेकी छन् ।

किराती र चौधरी आगामी मंसीरमा काठमाण्डौमा सम्पन्न हुने समारोहमा प्रतिभा सम्मान र प्रतिभा पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाद्वारा प्रदान गरिनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ६ : २१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष