किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान | Khabarhub Khabarhub

किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुनसरी–  नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो बर्षको ‘विशिष्ट प्रतिभा सम्मान’ अग्रज श्रष्टा कवि जसराज किरातीलाई दिने घोषणा गरेको छ । यसैगरी संस्थाले दिँदै आएको ‘प्रतिभा पुरस्कार’ युवा पत्रकार तथा लेखक विजेता कर्ण चौधरीलाई प्रदान गर्ने पनि घोषणा गरेको छ ।

नेपाली प्रतिभा प्रतिष्ठानको कार्यसमितिको बैठकपछि शनिबार सार्वजनिक गरिएको विज्ञप्तीअनुसार  यो बर्षको विशिष्ट प्रतिभा सम्मान नगद एकलाख रुपैया, ताम्रपत्र र दोसल्ला यसै गरी प्रतिभा पुरस्कार नगद एकलाख रुपैया र ताम्रपत्र रहेको छ ।

यसअघि संस्थाले सर्वोच्च कवि बैरागी काइँलालाई मात्रै विशिष्ट सम्मानले सम्मानित गरेको छ ।’

२००२ साउन १७ गते खोटाङको मैचुङगाउँ, बुइपा–६ मा जन्मेका जसराज किराती बाल्यकालदेखि कविता लेखनमा सकृय रहँदै आएका छन् । उनको पहिलो कृति  कविता संग्रह ‘उज्यालो खोज्ने आँखाहरू (२०३६) जसराज किरातीका कविता, (कवितासङ्ग्रह, २०५७ र जसराज किरातीका प्रतिनिधि कविता सङ्ग्रह (२०६४) प्रकाशित छन् ।

किरातीले नेपालमा छापाखानाको विकास राम्ररी नहुदै उनले  हस्तलिखित साहित्यिक पत्रिका गोरेटो (२०२०)  सम्पादन गरेका थिए । यसैगरि अर्धचन्द्र द्धैमासिक २०२०, आक्रोश (२०२६) र ुहलेसी पुञ्जु (२०४१) पत्रिकाहरू सम्पादन रहेका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले किरातीलाई ६ दशकसम्म लगातार नेपाली कविता लेखनमा अतुलनीय योगदान दिएको भन्दै विशिष्ट सम्मान प्रदान गर्न लागिएको जनाएको छ ।

यसैगरी सन् १९८१ मा धनुषाको जनकपुरधाममा जन्मेकी विजेता चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाले प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेले बताए ।

चौधरीको ‘धाराक विरूद्ध’ मैथिली कविता संग्रह (सन् २०१९), र ‘कफ्र्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कविता संग्रह (लेखिका द्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गरेकी । चौधरीले चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथा संग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।

यस्तै विश्वेश्वर प्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वर प्रसाद  कोइरालाका आख्यानमा मधेस, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गरेकी छन् ।

किराती र चौधरी आगामी मंसीरमा काठमाण्डौमा सम्पन्न हुने समारोहमा प्रतिभा सम्मान र प्रतिभा पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाद्वारा प्रदान गरिनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ६ : २१ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै