भाइटिका लगाउँदै गर्दा बेहोस भएका जनमोर्चा रुपन्देहीका अध्यक्ष केसीको मृत्यु | Khabarhub Khabarhub

भाइटिका लगाउँदै गर्दा बेहोस भएका जनमोर्चा रुपन्देहीका अध्यक्ष केसीको मृत्यु


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भाइटिका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्षको मृत्यु भएको छ। आज बिहीबार भाइटिका लगाउँदै गर्दा एक्कासि बेहोस भएका टानबहादुर केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको हो।

बुटवलस्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा बेहोस भएको र उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनमोर्चाका नेता गंगालाल सापकोटाले जानकारी दिए।

अस्तालका सूचना अधिकारी विक्रम खड्काले केसीलाई अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको जानकारी दिए।

केसीको निधनप्रति नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै दुस्ख व्यक्त गरेका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ८ : ३४ बजे

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले

कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता : काटिएको विद्युत लाइन जोडियो

काठमाडौं – बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज