सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु « Khabarhub

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बोलेरो करिब पाँच सय मिटर तल खसेको हो। घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अहिलेसम्म खुलेको छैन।

सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइते र सवार यात्रुको संख्या पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत पनि अहिलेसम्म हुन सकेको छैन।

उक्त बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै थियो। त्यसैले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुने अनुमान गरिएको छ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ। तत्कालै वाकु प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको र सोताङबाट प्रहरी निरीक्षक नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। प्रहरीका अनुसार घटनास्थलमा उद्धार कार्य अहिले पनि जारी छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : ५७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ